मोबाइल एपमार्फत घरमैं बसेर निशुल्क अध्ययन
कोरोना भाइरस महामारीका कारण विद्यालय बन्द भएर पठनपाठन रोकिएका विद्यार्थीले घरमै बसेर श्रव्य–दृष्य मार्फत निशुल्क अध्ययन गर्न पाउने भएका छन् ।
भुक्तानी सेवा प्रदायक इसेवा र मिडास एजुकेशनको सहकार्यमा विद्यार्थीलाई निशुल्क अध्ययन गर्न सकिने सेवाको व्यवस्था मिलाइएको हो । यसका लागि मिडास एजुकेशनको मोबाईल एप डाउनलोड गर्नुपर्छ । एप्लिकेसनको अर्डर मा क्लिक गरेपछि मागिएको कोडमा ‘इसेवा’ राखेर आफुले चाहेको विषय अध्ययन गर्न पाइनेछ । नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले आफुले चाहेको विषय अध्ययन गर्न सक्नेछन् ।
मिडासले एक दशकदेखि नर्सरी देखि १० कक्षासम्मका पाठ्यक्रममा आधारित श्रव्य दृष्य सामाग्री मार्फत अध्यापन गराउँदै आएको छ । स्कुल जान नपाउने विद्यार्थीका लक्षित गरी घरमै बसेर मोबाईल मार्फत अध्ययन गर्न सकुन् भन्ने उदेश्यले यो सेवा दिइएको इसेवाले जनाएको छ ।
इसेवा नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी हो ।