थप समाचार सोमबार, चैत १०, २०७६

कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा

हिमालखबर

कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा

कोरोना भाइरस (कोभिड-१९) को जोखिम न्यूनीकरणका लागि कैलालीमा सोमबार दिउँसो २ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज थापाले निकालेको सूचनामा अर्को आदेश नभएसम्मका लागि भन्दै निषेधाज्ञा जारी गरेको उल्लेख छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) अनुसार अत्यावश्यक बाहेकका सबै सेवा तथा स्थल बन्द भएको र आदेश पालना नगरे कानून बमोजिम कारबाही गर्ने उल्लेख छ।

हेर्नुस् जिल्ला प्रशासन कार्यालयको विज्ञप्ति-

प्रतिकृया दिनुहोस