थप समाचार सोमबार, चैत १०, २०७६

पश्चिम नवलपरासीमा एक दिनका लागि १४ घण्टा बन्द

हिमालखबर

पश्चिम नवलपरासीमा एक दिनका लागि १४ घण्टा बन्द

विश्वमा कोरोनाभाइरसको सन्त्रास र माहामारी फैलिरहेको बेला पश्चिम नवलपरासीमा १२ चैतमा १४ घण्टे लकडाउन गर्ने भएको छ ।

पश्चिम् नवलपरासीका प्रमुख जिल्ला अधिकारी एवम् विपद व्यवस्थापन समितिका प्रमुख बासुदेव दाहालले एक विज्ञप्तिमार्फत १२ चैतबाट लागू हुने गरी बिहान ५ बजेदेखि राती ९ बजेसम्म सवारी तथा उद्योग कलाकारखाना बन्द गर्ने बताएका छन् ।

राष्ट्रिय राजमार्गमा चल्ने सबै सुरक्षा निकाय ,सरकारी कार्यलय, स्वास्थ्य संस्था, दमकल, एम्बुलेन्स, मानवअधिकारकर्मी, संचारकर्मी, अन्तर्राष्ट्रिय संघ संस्था र औसधि पसल बाहेक सबै सवारी साधन तथा पसल, कलकारखाना, उद्योग बन्द गराएको छ । साथै नागरिकलाई घर बाहिर ननिस्कि घर भित्रै बस्न सम्पुर्ण आम नागरिक अनुरोध गरेका छ्न् ।   

प्रतिकृया दिनुहोस