थप समाचार सोमबार, चैत १०, २०७६

साउदी अरबमा देशव्यापी कर्फ्यू

हिमालखबर

साउदी अरबमा देशव्यापी कर्फ्यू

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन साउदी अरबमा देशव्यापी कर्फ्यू लागू गरिएको छ।

साउदीका राजा सलमानले सोमबारदेखि देशव्यापी कर्फ्यू लागू गरेको घोषणा गरेका हुन्। सरकारी समाचार एजेन्सी एसपीएका अनुसार साउदीमा २१ दिनका लागि साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको हो।

साउदीमा कोभिड-१९ बाट ५११ जना संक्रमित छन्।

साउदीको छिमेकी देश संयुक्त अरब इमिरेट्स (यूएई) ले सबै यात्रुवाहक र ट्रान्जिट हवाई उडान र अवतरणमा रोक लगाएको छ। यूएईमा सबै सपिङ सेन्टर बन्द छन्। रेष्टुरेन्टहरुले 'होम डेलिभरी' सेवा दिन थालेका छन्। - बीबीसी

प्रतिकृया दिनुहोस