नर्भिकमा कोरोनोभाइरस संक्रमितको अफवाह फैलाउने युवा पक्राउ
नर्भिक अस्पतालमा कोरोनाभाइरस संक्रमित बिरामी रहेको सम्बन्धमा अफवाह फैलाउने विवेक थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ति युवालाई साइबर प्रहरी ब्यूरोले भक्तपुरस्थित सिपाडोलबाट पक्राउ गरेको जनाएको छ।
२० वर्षीय थापामगरको घर रामेछाप भएको बताइएको छ।
शनिबार बिहान फेसबुक मेसेञ्जरमा नर्भिक अस्पतालमा कोरोनाभाइरस संक्रमणका कारण एकजनाको मृत्यु भइसकेको तर अस्पतालले लुकाएको भन्दैं थापाले आफ्नो अडियो सार्वजनिक गरेका थिए ।
उनले नर्भिकमा ९ जनाको परीक्षणमा ६ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको पनि बताएका थिए ।
लगत्तै नर्भिक अस्पतालले अडियोमा कुनै सत्यता नरहेको बताउँदै विज्ञप्ति जारी गरेको थियो ।
घटनाको जानकारी अस्पतालबाट लिएसँगै प्रहरीले यी युवाको खोजी तिव्र पारेको थियो ।