थप समाचार शनिबार, चैत ८, २०७६

चितवनमा पनि स्यानिटाइजर उत्पादन

हिमालखबर

चितवनमा पनि स्यानिटाइजर उत्पादन

चितनवनमा रहेको मितेरी जैविक प्याड उत्पादन कम्पनी उद्योगले अहिलेको अवस्थालाई मध्यनजर गर्दै स्यानिटाइजर उत्पादन गर्न थालेको छ ।

उद्योगको उत्पादन शुक्रबारदेखि बजार पठाउन थालिसकेको उद्योगकी अध्यक्ष सावित्री भण्डारीले जानकारी दिइन् ।

जनशक्तिका साथै बोतल लगायत कच्चा पदार्थको सीमितताका कारण दैनिक १५–२० लिटर मात्र उत्पादन गर्न सकेको पनि उनले बताइन् ।

बिहीबारदेखि उत्पादन गर्न थालिएको स्यानिटाइजरको मूल्य ५० एमएलको रु ७० राखिएको भण्डारी बताउँछिन् । हालका लागि ५०, १०० र २०० एमएमलको बोतलमा बजारमा पठाइरहेको संस्थाले जनाएको छ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको स्यानिटाइजर उत्पादनका लागि डब्लूएचओ र नार्कसँगको सहमति लिइएको अध्यक्ष भण्डारीले बताइन्।

यसअघि उद्योगले नेपालमै पहिलो पटक महीनावारीका वेला चाहिने जैविक प्याड उत्पादन गर्दै आएको थियो।

प्रतिकृया दिनुहोस