थप समाचार शुक्रबार, चैत ७, २०७६

एकल महिला समूहले क्वारेनटाइनका लागि सरकारलाई आफ्नो 'छहारी' भवन दिने

हिमालखबर

एकल महिला समूहले क्वारेनटाइनका लागि सरकारलाई आफ्नो 'छहारी' भवन दिने

मानव अधिकारका लागि महिला, एकल महिला समूहले क्वारेनटाइनका लागि सरकारलाई आफ्नो 'छहारी' भवन दिने भएको छ ।

एकल महिला समूहकी संस्थापक अध्यक्ष लिली थापा र अध्यक्ष कुन्दा शर्माले उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई शुक्रबार भेटेर सबै सुविधासहितको भवन क्वारेन्टाइनका लागि दिने जानकारी दिए ।

समूहको काठमाडौं, सुनसरी, झापा, धनकुटा, संखुवासभा, काभ्रे, चितवन, धादिङ, सुर्खेत र कैलाली गरी १० जिल्लामा एकल महिलाहरुलाई आवश्यक परेमा बस्ने गरी बनाइएको सबै सुविधा सहितको आफ्नै भवन छ । सोही भवनहरु निशुल्क क्वारेन्टाइनका लागि दिने निर्णय गरिएको संस्थापक अध्यक्ष लिली थापाले जानकारी दिइन् ।

काठमाडौंमा ५० बेडसहितको आवास भवन छ भने अन्य ५० जनाको लागि थप गर्न मिल्ने हल रहेको थापाले बताइन् । काठमाडौंसहित अन्य जिल्लामा गरी ३६५ जनालाई राख्न मिल्ने भवन एकल महिला समूहको रहेको छ ।

त्यसक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारलाई सहयोग गरेकामा धन्यवाद दिंदै महामारी रोकथाम नियन्त्रणमा सबैको सहयोग र साथ चाहिने बताए ।

प्रतिकृया दिनुहोस