थप समाचार शुक्रबार, चैत ७, २०७६

अत्यावश्यक काम बाहेक स्थलमार्गबाट नेपाल आउन रोक

हिमालखबर

अत्यावश्यक काम बाहेक स्थलमार्गबाट नेपाल आउन रोक

प्रदेश–५ सरकारले कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि रुपन्देही, दाङ र बाँके जिल्लामा आइसोलेसन वार्ड सहितको विषेश अस्पताल निर्माणको तयारी सुरु गरेको छ । अस्पताल २४ घण्टाभित्र तयार गरिने प्रदेश–५ सरकारले जनाएको छ ।

प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको कोभिड–१९ पूर्व तयारी प्रतिकार्य नियन्त्रण सम्बन्धी वैठकले रुपन्देहीको भीम अस्पताल, देवदह क्याम्पस र बुटवल धागो कारखानालाई अस्पतालका रुपमा विकास गरी आइसोलेसन बेड तयार गर्न लागेको हो ।

दाङको आयुर्वेद अस्पताल बेलझ्ुण्डी दाङ तथा बाँकेको अर्बुद रोग र नेपाल प्रहरीको अस्पतालमा आइसोलेसनको व्यवस्था गर्न लागेको हो ।

ती अस्पतालमा आवश्यक पर्ने स्वास्थ्यकर्मीहरु विभिन्न मेडिकल कलेज तथा निजी अस्पतालबाट आपूर्ती गरिने निर्णय बैठकले गरेको छ । अस्पताल तथा चिकित्सकको व्यवस्थाका लागि सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले व्यवस्थापन गर्ने जनाइएको छ ।

प्रदेशका सामाजिक विकास मन्त्रीको अध्यक्षतामा र्‍यापिड रेस्पोन्स टीम गठन गरिएको छ ।

बैठकले कोरोना भाइरसको सुचना संप्रेषण तथा सुरक्षाका लागि छुट्टै सूचना प्रणाली बनाउने, सीमा क्षेत्रबाट आवतजावत गर्ने मानिसहरुको विवरण अद्यावधिक गर्ने, भारतीय सीमा हुँदै नेपाल प्रवेश गर्ने भारत लगायत अन्य देशका नागरिकलाई अत्यावश्यक काममा बाहेक रोक लगाउने निर्णय पनि बैठकले गरेको छ ।

भारतबाट नेपाल भित्रने सवारी साधनलाई मेडिकल ट्रिटमेण्ट मात्र गरेर नेपाल भित्राउने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिकृया दिनुहोस