थप समाचार शुक्रबार, चैत ७, २०७६

कोरोना महामारीः क्यालिफोर्नियामा घरमै बस्न निर्देशन

हिमालखबर

कोरोना महामारीः क्यालिफोर्नियामा घरमै बस्न निर्देशन

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट बच्न क्यालिफोर्निया सरकारले ‘घरमै बस्न’ निर्देशन दिएको छ । क्यालिफोर्निया सरकारले अत्यावश्यक बाहेकका काममा घरबाट ननिस्कन निर्देशन दिएको हो ।

अमेरिकामा कोरोनाबाट २०५ जनाको मृत्यु भइसकेको छ भने १४ हजार बढीमा संक्रमण देखिएको छ । चीनबाट फैलिएको कोरोना भाइरसको महामारीका कारण विश्वभर दुई लाख ५० हजार बढीमा संक्रमण देखिएको छ भने दश हजार बढीको ज्यान गइसकेको छ ।

सवैभन्दा बढी इटालीमा कोरोनो भाइरसको संक्रमण देखिएको छ । मृतक संख्या चीन भन्दा बढी भइसकेको इटालीले अत्यावश्यक बाहेक घरबाट बाहिर निस्कनेलाई तीन महीना कैदकै सजाय तोकेको छ ।

प्रतिकृया दिनुहोस