हिमालयन ब्यांकका ग्राहकलाई विशेष छुट
हिमालयन ब्यांक लिमिटेडले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकलाई काठमाडौं, पोखरा, चितवन लगायत देशका विभिन्न स्थानमा विशेष छुटको व्यवस्था गरेको छ।
ब्यांकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीसँग एक सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त समूहको नेपालका विभिन्न स्थानमा रहेका १९ वटा होटल, रिसोर्ट, रेष्टुराँ, क्याफेहरूमा १० प्रतिशतको आकर्षक तथा विशेष छुटको व्यवस्था गरेको छ ।
ब्यांकका तर्फबाट महाप्रबन्धक उज्जल राजभण्डारी तथा सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट निर्देशक प्रभाकर खड्काले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
ब्यांकका ग्राहकहरूले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, गहना गृह, कपडा, चश्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित सामग्री, खेलकुद सामग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक लगायतमा आफू हिमालयन ब्यांकका ग्राहक भएको परिचय (डेबिट\क्रेडिट कार्ड, चेक बुक, स्टेटमेन्ट आदि) प्रस्तुत गरेमा छुट पाउने बताएको छ।