खेलकुद विहीबार, चैत ६, २०७६

फ्रान्समा कोरोनाको संक्रमण उच्च भएपछि नेयमार ब्राजिल फर्किए

हिमालखबर

फ्रान्समा कोरोनाको संक्रमण उच्च भएपछि नेयमार ब्राजिल फर्किए

फ्रान्समा कोरोना भाइरस संक्रमण उच्च बनेपछि पीएसजीका स्टार नेयममार ब्राजिल फर्किएका छन् । फ्रान्स सरकारले कोरोना महामारीबाट बच्न घरमै रहन निर्देशन दिएको छ ।

फ्रान्समा लकडाइन गरिएको र कोरोनाको उच्च जोखिम भएपछि नेयमार र थिएगो सिल्भा स्वदेश फर्किएका छन् । पीएसजीका खेलाडीहरु यसअगाडि नै सेल्फ क्वाइन्टाइनमा बसिसकेका छन् ।

फ्रान्समा कोरोना संक्रमितको संख्या ७५०० नाघेको छ भने १४८ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस