थप समाचार विहीबार, चैत ६, २०७६

नक्कली नोटसहित दुई जना पक्राउ

हिमालखबर

नक्कली नोटसहित दुई जना पक्राउ
null

नक्कली नोटसहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खाँडादेवी गाउँपालिका-१ चुरे बस्ने ५२ वर्षीय ढकल बहादुर तामाङ र सोही नगरपालिका-२ लामा गुफा बस्ने ५२ वर्षीय सार्की तामाङ रहेका छन् ।

उनीहरूले नक्कली मुद्रा चल्तीमा ल्याएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खाँडादेवी र प्रहरी चौकी लुभुघाटबाट खटिएको प्रहरीले खोजी गरेको थियो । सोही क्रममा तामाङको साथबाट १ हजार दरका २२ हजार नोट र उनीहरुले विभिन्न पिडित व्यक्तिहरुलाई दिएको १ हजार दरका ९० हजार गरी १ लाख १२ हजार नक्कली मुद्रासहित उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उनीहरुले जलाउद्दिन मियाँ अन्सारी नाम गरेका व्यक्तिसँग मिलेर गोरु किनेको रकम भुक्तानी गर्दा समेत नक्कली नोट प्रयोग गरेको अनुसन्धानबाट खुल्न आएको छ । हाल फरार अन्सारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस