थप समाचार विहीबार, चैत ६, २०७६

भारतका पूर्व प्रधानन्यायाधीश गोगोईले लिए राज्यसभा सदस्यमा शपथ

हिमालखबर

भारतका पूर्व प्रधानन्यायाधीश गोगोईले लिए राज्यसभा सदस्यमा  शपथ
तस्वीर:रेडीफ

भारतका पूर्व प्रधानन्यायाधीश रञ्जन गोगोईले  बिहीबार राज्यसभा सदस्यको शपथ लिएका छन् । गोगोईलाई राष्ट्रपति रामनाथ कोविन्दले १६ मार्चमा राज्यसभा सदस्यमा नियुक्त गरेका थिए ।

गोगोईको राज्यसभामा शपथ ग्रहण कार्यक्रम शुरु भएपछि विपक्षी दलका सदस्यहरू हलबाट बाहिरिएका थिए ।

गोगोईले ३ अक्टोबर २०१८ देखि १७ नोभेम्बर २०१९ सम्म भारतका ४६औं प्रधानन्यायाधीशका रूपमा काम गरेका थिए ।

-एजेन्सी

प्रतिकृया दिनुहोस