टेस्ला डायग्नोस्टिक क्लिनिककाे सेवा शुरु
काठमाडौंको बालुवाटारमा अवस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकले औपचारिक रूपमा सेवा शुरु गरेको छ।
सुरुवातको अवसरमा विभिन्न स्वास्थ्य प्याकेजमा छुटको व्यवस्था सहित आफ्ना सम्पूर्ण सेवा शुरु गरेको बताएको छ ।
सन् २०१९ मा स्थापना गरिएको क्लिनिकले सहुलियत दरमा नयाँ प्रविधि र गुणस्तरको मेडिकल सेवा प्रदान गर्ने जनाएको छ।
स्वास्थ्य सेवाको मापदण्डलाई मध्यनजर गरी यो क्लिनिक निर्माण गरिएको हो र क्लिनिकमा आउने बिरामी\अशक्तलाई मध्यनजर गर्दै यातायात सुविधा पनि संचालन गरेको बताएको छ ।