थप समाचार बुधबार, चैत ५, २०७६

अमेरिकी पत्रकारलाई देश निकाला गर्ने चीन सरकारको निर्णय

हिमालखबर

अमेरिकी पत्रकारलाई देश निकाला गर्ने चीन सरकारको निर्णय

चीन सरकारले अमेरिकी पत्रकारलाई देशबाट निकाल्ने निर्णय गरेको छ । अमेरिकी पत्रकारहरुलाई दिइएको अनुमतिपत्र १० दिनभित्र फिर्ता गर्न निर्देशन दिइएको छ।

कोरोना भाइरसका कारण चीन–अमेरिका विवाद बढेपछि चीन सरकारले अमेरिकी पत्रकारहरुलाई देशबाट निकाल्ने निर्णय गरेको हो । हङकङ र मकाउ सहित चीनको मुख्यभूमिबाट अमेरिकी पत्रकारलाई हटाउने चीनले निर्णय गरेको छ।

ती पत्रकारहरुलाई सन् २०२० सम्म बस्ने अनुमतिपत्र दिइएको थियो । चीनले न्यूयोर्क टाइम्स, वासिङटन पोष्ट र वाल स्ट्रिट जर्नलका पत्रकारलाई फिर्ता हुन निर्देशन दिएको छ।

प्रतिकृया दिनुहोस