खेलकुद बुधबार, चैत ५, २०७६

बी डिभिजन लिग स्थगित

हिमालखबर

बी डिभिजन लिग स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बी डिभिजन लिग स्थगित गरेको छ । मंगलबार बसेको एन्फाको बैठकले लिग स्थगित गर्ने निर्णय गरेको हो।

लिग एक साताका लागि स्थगित गर्ने निर्णय भएको एन्फाले जनाएको छ । कोरोना भाइरसको विश्वव्यापी संक्रमण भएपछि सबैजसो ठूला लिगहरु समेत स्थगित भइसकेको छ।

नेपालले यस अगाडि विश्वकप र एसिया कप छनोट खेल समेत स्थगित गरिसकेको छ । दशरथ रंगशालामा हुने विश्वकप छनोट खेल स्थगित भएको छ । एन्फाले जिल्ला तहमा हुने खेलहरु समेत रोक्न निर्देशन दिइसकेको छ।

सरकारले सभा र भेला रोक्न निर्देशन दिएको छ । त्यसैअनुसार, एभरेष्ट प्रिमियर लिग (ईपीएल) समेत रोकिएको छ।

प्रतिकृया दिनुहोस