थप समाचार आइतबार, चैत २, २०७६

स्पेनका प्रधानमन्त्री पत्नीलाई कोरोना संक्रमण

हिमालखबर

स्पेनका प्रधानमन्त्री पत्नीलाई कोरोना संक्रमण

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रम स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई पनि देखिएको छ ।

प्रधानमन्त्रीको कार्यालयले बेगोनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ ।

स्पेनले कोरोना भाइरसको संक्रमणबाट बच्न आपतकाल घोषणा गरिसकेको छ । गएको २४ घण्टामा मात्रै स्पेनमा ६३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यूरोप कोरोना भाइरसको इपीसेन्टर भएको बताएको छ ।

गएको २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट यूरोपका स्पेन, इटाली लगायत देशमा धेरै मृत्यु भएको छ । गएको २४ घण्टामा इटालीमा १७५ जनाको मृत्यु भएको छ ।

इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४४१ पुगेको छ भने १२ हजार १५७ जनामा संक्रमण देखिएको छ । जस मध्ये एक हजार ३६५ जना मात्रै अहिलेसम्म उपचारपछि घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस