कला/साहित्य शनिबार, चैत १, २०७६

साहित्यकार डीपी भण्डारीको निधन

हिमालखबर

साहित्यकार डीपी भण्डारीको निधन

साहित्यकार प्राडा डीपी भण्डारीको ८४ बर्षको उमेरमा शनिबार निधन भएको छ ।

अल्जाइमर पीडित भण्डारीको उपचार धुम्बाराहीस्थित हेम्स अस्पतालमा भइरहेको थियो।

उपचारकै क्रममा भण्डारीको निधन भएको हो। भण्डारीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।

साहित्यकार भण्डारीका मृगस्थली (२०५७), नीरो बाँसुरी बजाइरहेछ (२०६०), रोटी र फूल (२०६३) र त्यो धरती, त्यो आकाश (२०६८) निबन्ध संग्रह प्रकाशित छन्।

डोटीको निरौला गाउँमा जन्मिएका भण्डारीले चार दशक बढी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए।

 

प्रतिकृया दिनुहोस