खेलकुद शुक्रबार, फागुन ३०, २०७६

विश्वयुद्धपछि पहिलो पटक ओलम्पिक स्थगित हुने संभावना

हिमालखबर

विश्वयुद्धपछि पहिलो पटक ओलम्पिक स्थगित हुने संभावना

आगामी २४ जुलाईबाट जापानमा हुने ओलम्पिक स्थगित हुने संभावना बढेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओलम्पिक स्थगित गर्न आग्रह गरिसकेका छन् ।

तर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र आयोजक जापानले भने ओलम्पिकको मशाल जलाइ सकेकाले स्थगनबारे कुनै निर्णय दिएको छैन । राष्ट्रपति ट्रम्पले भने दर्शक बिनाको प्रतियोगिता आयोजना गर्नु भन्दा एक वर्ष पछाडिलाई स्थगित गर्न सुझाव दिएका छन् ।

“एक वर्षलाई ओलम्पिक स्थगित गर्नुहोस्, दर्शक बिनाको खेल आयोजना गर्नुभन्दा एक वर्ष धकेल्नु उत्तम हो”, ट्रम्पले जापानका प्रधानमन्त्रीलाई भनेका छन् । तर, जापानका सरकारी प्रवक्ताले भने निर्धारित समयमै ओलम्पिक गराउन तयारी भइरहेको जनाएको छ ।

यसअघि दोस्रो विश्व युद्धका बेला मात्रै ओलम्पिक स्थगित भएको थियो ।

प्रतिकृया दिनुहोस