एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर
एनसेलले ‘कल आयो पैसा पायो’ अफर बोनसका साथ ल्याएको छ । यस योजना अन्तर्गत अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढी कुरा गर्दा प्रत्येक मिनेटको रु.२ बोनस दिइनेछ ।
२८ फागुनदेखि अफर तीन महिनासम्म चल्नेछ । विदेशबाट कलमा कुरा गर्दा पहिलो दुई मिनेट पछि हरेक मिनेट ११ मिनेटसम्म रु.२ को दरले बोनस पाउने एनसेलले जनाएको छ । यसको अर्थ अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा रु.२० सम्म बोनस दिइनेछ ।
यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।