ब्यांक अफ काठमाडौंको सफलता मुद्दती खाता सार्वजनिक
ब्यांक अफ काठमाडौले ‘बीओके सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ । ‘सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा’ भन्ने नाराका साथ ब्यांकले ल्याएको अफर अन्तर्गत एघार लाखसम्मको बीमा सुविधा सहित वार्षिक ९.७५ प्रतिशत ब्याजदरको सुविधा दिइएको छ ।
यस्तै रु.२५ हजार देखि नै खाता खोल्न सकिनेछ । खाता खोल्ने ग्राहकलाई बीमा सुविधा अन्तर्गत दुर्घटना वा पूर्ण अशक्तता भए रु.५ लाख, १८ घातक रोग देखिए रु.५ लाख तथा औषधि उपचारका लागि रु.एक लाख उपलब्ध गराइनेछ ।
बीमा सुविधामा ओपेडीका लागि रु.२० हजार र अस्पताल भर्ना भइ उपचार गराउँदा रु.८० हजारसम्मको खर्च ब्यांकले बेहोर्नेछ ।