रोनाल्डो सहित खेलाडीहरु क्वारेन्टाइनमा राखिएपछि च्याम्पियन्स लिगको खेल स्थगित
क्रिश्चियानो रोनाल्डो सहित युभेन्टसका खेलाडीहरु क्वारेन्टाइनमा राखिए पछि च्याम्पियन्स लिगका खेल स्थगित गरिएको छ ।
इटालीका फुटबल खेलाडी डानिएले रुगानीमा कोरोना भाइरसको संक्रमण देखिएपछि युभेन्टसका खेलाडीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । खेलाडीहरु क्वारेन्टाइनमा राखिएपछि युभेन्टस र लियोन विरुद्धको खेल स्थगित गरिएको छ ।
पहिलो लेगमा एक–शून्यले पराजित भएको युभेन्टसका लागि क्वाटर फाइनलमा जान दोस्रो लेग जित्नैपर्ने दबाव थियो । तर, खेलाडीहरु क्वारेन्टाइनमा राखिएपछि खेल स्थगित गरिएको छ ।
यस्तै, म्यानचेस्टर सिटी र रियल मड्रिड बीचको खेल पनि स्थगित गरिएको छ । पहिलो लेगमा सिटीले मड्रिडलाई दुई–शून्यले पराजित गरेको थियो ।
कोरोनाको संक्रमणले विश्वव्यापी महामारीको रुप लिएपछि यूरो कप २०२० समेत सारिने भएको छ । खेल सन् २०२१ को समरसम्म सार्ने यूईएफएले तयारी गरेको छ । यसको अन्तिम निर्णय भने मंगलबार गर्ने बताइएको छ ।