कला/साहित्य विहीबार, फागुन २९, २०७६

अवधि लोक चित्रकला प्रदर्शनी सम्पन्न

हिमालखबर

अवधि लोक चित्रकला प्रदर्शनी सम्पन्न

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर नेपाल आर्ट काउन्सिलमा प्रदर्शन गरिएकाे अवधि लोक चित्रकला प्रदर्शनी सम्पन्न भएको छ।

कपिलवस्तु तौलिहवाका कलाकार तथा विद्यार्थीहरूले बनाएको अवधि लोक चित्रकला प्रदर्शनी गरिएको थियो ।

 

बालबालिकालाई समान शिक्षा दिन जरुरी छ भन्ने सन्देश दिनका लागि तालिम दिइएको प्रतिष्ठानकी अध्यक्ष एवं कलाकार रागिनी उपाध्यायले बताइन् । सिभाता प्रेम प्रतिष्ठान नेपालले तीनदिने १० देखि १२ कक्षाका विद्यार्थीहरूलाई तालिम दिएको थियो ।

अवधि लोक चित्रकला मार्फत सन्देश फैलाउन प्रभावकारी हुने भएकाले यो तालिमको आयोजना र प्रदर्शन गरिएको प्रतिष्ठानकी अध्यक्ष एवं कलाकार उपाध्यायले बताइन् ।

 

प्रतिष्ठानकी अध्यक्ष एवं कलाकार रागिनीले भनिन्, “अवधि लोक चित्रकला काठमाडौंमा प्रदर्शन भएको इतिहासमै पहिलो पटक हो । यसले बालबालिकामा लोक चित्रकलाप्रति प्रेम जागृत गर्नुका साथै प्रवर्द्धन समेत गर्नेछ ।”

ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक हिसाबले महत्व बोकेको अवधि लोक चित्रकलालाई संवर्द्धन एवं प्रवर्द्धन गर्न जरुरी रहेको उनले बताइन् ।

 

प्रतिकृया दिनुहोस