सांग्रिला क्रमिक मुद्दती योजना सार्वजनिक
सांग्रिला डेभलपमेन्ट ब्यांक लिमिटेडले “थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता” नारासँगै सांग्रिला क्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ।
यस योजनालाई न्यूनतम मौज्दात रु ५०० बाट शुरु गर्न सकिने ब्यांकले जनाएको छ।
यस मुद्दती योजनामा ग्राहकले केवल ३६ महीनाको क्रमिक मासिक बचतमा ४२ महीना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन्।
साथै, यस योजना अन्तर्गत ३ वर्षसम्म ब्याजदरमा कुनै परिवर्तन नहुने ब्यांकले जानकारी गराएको छ । ब्यांकका मुलुकभर ९१ शाखा कार्यालय, २६ एटिएम सेवा रहेका छन्।