नेयमारको गोलमा पीएसजी क्वाटर फाइनल प्रवेश
च्याम्पियन्स लिगमा उत्कृष्ट कमब्याक गर्दै पीएसजी क्वाटरफाइनल प्रवेश गरेको छ । बुधबार राति सकिएको खेलमा डर्टमुन्ड विरुद्ध दुई–शून्यको जित निकाल्दै पीएसजी क्वाटर फाइनल फाइनल प्रवेश गरेको हो ।
पहिले लेगमा २–१ गोल अन्तरले पछाडि परेको पीएसजीले दोस्रो लेगमा २–० को जित निकाल्दै अघिल्लो चरणको ढोका खुला गरेको हो । पीएसजीका लागि नेयमार र जुवान बेर्नाटले गोल गरेका थिए ।
२८औं मिनेटमा नेयमारले पहिलो गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । दोस्रो गोल पनि पहिलो हाफमै जुवानले गरेपछि पएसजीले क्वाटर फाइनलको यात्रा सहज बनाएको थियो ।
दोस्रो हाफमा समेत डर्टमुन्डले गोल फर्काउन नसकेपछि ३–२ गोल अन्तरको एग्रेगेटमा पीएसजी क्वाटर फाइनल प्रवेश गरेको हो ।