डिफेन्डिङ च्याम्पियन लिभरपुल प्रिक्वाटर फाइनलबाटै बाहिरियो
साविकको बिजेता लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ । बुधबार राति सकिएको खेलमा लिभरपुल एटलेटिको मड्रिडसँग पराजित हुँदै लिगको प्रिक्वाटर फाइनलबाट बाहिरिएको हो ।
पहिले लेगमा एक–शून्यले पछाडि रहेको लिभरपुल दोस्रो लेगमा पनि पराजित हुँदै लिगबाट बाहिरिएको हो । बुधबार रातिको खेलमा लिभरपुल २–३ गोल अन्तरले पराजित भयो । खेलको पहिलो हाफमै गोल गर्दै खेल बराबरीमा गएको थियो ।
यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयको चौथौं मिनेटमै लिभरपुलका लागि फिर्मिन्होले गोल गर्दै अग्रता दिलाए । तर, यसपछि लगातार तीन गोल गर्दै एटलेटिकाले क्वाटरफाइनल यात्रा तय गर्यो ।
मड्रिडले ९७औं, १०५ र १२०औं मिनेटमा गोल गरेको थियो । जितसँगै मड्रिड क्वाटर फाइनल प्रवेश गरेको छ भने डिफेन्डिङ च्याम्पियन लिभरपुल प्रिक्वाटर फाइनलबाटै बाहिरिएको छ ।