अन्तर्वार्ता/विचार बुधबार, फागुन २८, २०७६

रजोनिवृत्ति प्रजनन् क्षमताको अन्त्य हो, यौन जीवनको होइन - डा. विश्वबन्धु शर्मा, मनोचिकित्सक

हिमालखबर

रजोनिवृत्ति प्रजनन् क्षमताको अन्त्य हो, यौन जीवनको होइन - डा. विश्वबन्धु शर्मा, मनोचिकित्सक
डा. विश्वबन्धु शर्मा, मनोचिकित्सक

एस्ट्रोजिन एक त्यस्तो हर्मोन हो जसले महिलाको प्रजनन् अङ्ग र योनीमार्गलाई ओसिलो, लचकदार र तन्दुरुस्त बनाउँछ । एस्ट्रोजिन हर्मोनकै कारण प्रजनन् अङ्ग एवम् क्षमता विकसित भएको हुन्छ ।

तर रजोनिवृत्तिमा एस्ट्रोजिन कम हुँदै जाने भएकाले स्वस्फूर्त प्रजनन् अङ्गहरू सुक्खा र कमजोर हुन थाल्दछन् । केही महिलामा यौनेच्छामा कमी पनि आउन सक्छ । तर, यो नै यौन जीवनको अन्त्य भने होइन ।

यसका लागि महिला र पुरुष दुवैले एकअर्कालाई बुझ्नु जरूरी छ । यौन केवल शारीरिक सम्बन्ध मात्रै पनि होइन, जीवन जिउने कला पनि हो ।

त्यसो त रजोनिवृत्तिपछिको यौनजीवन उसको रजोनिवृत्तिअघिको यौन जीवनमा पनि निर्भर गर्दछ । यदि दम्पती बीच पहिल्यैदेखि स्वस्थ सम्बन्ध छ भने रजोनिवृत्तिपछिको यौनजीवनमा केही असहज हुँदैन । यद्यपि प्रजनन् अङ्गमा हुने जटिलतालाई हटाउन महिलाहरूलाई तयार गर्न लामो समयसम्म पूर्वाभ्यास गर्न सक्दछन् भने शारीरिक सम्बन्धको वेला महिलाहरूले यौनाङ्गमा क्रिम प्रयोग गर्न सक्छन् ।

‘पेनिट्रेट सेक्स’ बाहेक अन्य तरिका पनि अपनाउन सकिन्छ । नियमित स्वस्थ यौनसम्पर्कले महिलाको पेल्भिक मांसपेशी, मूत्रथैलीलाई मजबूत बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । हृदयघातको जोखिम पनि न्यूनीकरण गर्दछ । यसले एकापसको भावनात्मक सम्बन्धलाई समेत प्रगाढ बनाउँछ ।

सम्बन्धित सामाग्रीहरू:

'आफ्नै शरीर बुझिएन'

छोराले भनेपछि पो थाहा पाएँ !

मर्नेसम्मको सोच आयो !

श्रीमानकाे सहयोग नै औषधि

रजोनिवृत्ति प्रजनन् क्षमताको अन्त्य हो, यौन जीवनको होइन 

बेवास्तामा ‘महीनावारी बन्द’, जोखिममा महिला स्वास्थ्य

 

प्रतिकृया दिनुहोस