अन्तर्वार्ता/विचार बुधबार, फागुन २८, २०७६

'श्रीमानकाे सहयोग नै औषधि'

हिमालखबर

'श्रीमानकाे सहयोग नै औषधि'
राजभाइ सुवाल (५३) र कमला महर्जन सुवाल (५०)

एक वर्षअघिको कुरा हो । कमलामा अचानक उनको स्वभाव विपरीत व्यवहार देखिन थाल्यो । स–साना कुरामा पनि रिसाउने, झर्किने, बोल्यो कि पोल्यो जस्तो । आज रिसाएको छ, भोलि रिसाएको छ । बिहानै, दिउँसो, राति जति वेला पनि रिसाएको देखेर मलाई पनि झनक्क हुन थालिसकेको रहेछ ।

यस्तो रिसाउने मान्छे त होइन । पक्कै केही भएको छ–एकदिन यस्तै सोचमग्न भएँ । मैले त्यसैदिन यत्तिकै हाम्रो डाक्टरलाई फोन गरें । कमलामा केही परिवर्तन भएको पनि जानकारी गराएँ ।

संक्रमणका कारण कमलाको पाठेघर फालेको यस्तै तीन महीना भएको थियो । डाक्टरले शल्यक्रियापछि महीनावारी बन्द भएकाले यस्तो समस्या देखिनु स्वाभाविक भएको बताएपछि म झसङ्ग भएँ ।

ओहो ! त्यसपछि पो मैले सम्झिएँ, हामी बूढाबूढीले धेरै पहिले महीनावारी बन्द हुनेबारे कतै पढेका थियौं । र, यसका लागि मानसिक रूपमा तयार पनि भएका थियौं । तर जब त्यो दिन आइपुग्यो, केही चालै पाएनौं । मलाई आत्मग्लानि भयो ।

त्यसपछि म सामान्य देखिन थालें । उनी रिसाउँदा पनि म हाँस्न थाले ।

समय दिन घरमा हुँदा सामाजिक सञ्जाल चलाउन बन्द गरिदिएँ । भान्सामा सघाउन थालें । उनलाई चिटचिट पसिना आउँदा आफूलाई पनि गर्मी भए झैं गर्न थालें । श्रीमतीलाई महीनावारी बन्द भएको वेला श्रीमानले नै नसम्हाले कसले सम्हाल्ने ? मलाई झनै जिम्मेवारीबोध भयो ।

सम्बन्धित सामाग्रीहरू:

आफ्नै शरीर बुझिएन

छोराले भनेपछि पो थाहा पाएँ !

मर्नेसम्मको सोच आयो !

श्रीमानकाे सहयोग नै औषधि

रजोनिवृत्ति प्रजनन् क्षमताको अन्त्य हो, यौन जीवनको होइन 

बेवास्तामा ‘महीनावारी बन्द’, जोखिममा महिला स्वास्थ्य

प्रतिकृया दिनुहोस