डिफेन्डिङ च्याम्पियन लिभरपुललाई जित्नैपर्ने दबाव
यूरोपियन च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन लिभरपुल आज एटलेटिको मड्रिड विरुद्ध मैदानमा उत्रदैछ ।
बुधबार राति पौने दुई बजे मड्रिड विरुद्ध मैदान उत्रने लिभरपुललाई जित्नैपर्ने दबाव छ । पहिलो लेगमा लिभरपुल मड्रिडसँग १–० गोल अन्तरले पराजित भएको थियो । त्यसैले लिभरपुल दबावमा छ । क्वाटर फाइनल प्रवेश गर्न मड्रिडले बराबरी खेले मात्रै पुग्नेछ । त्यसैले मड्रिड लिभरपुलसँग कम्तिमा पनि बराबरी खेल्ने रणनीतिमा हुनेछ ।
तर, लिभरपुलले प्रिक्वाटर फाइनल पार गर्न स्कोर गर्नैपर्नेछ । लगातार तेस्रो पटक फाइनल पुग्दै गएको सिजनमा उपाधि जितेको लिभरपुल मड्रिडसँग राजित भए प्रिक्वाटर फाइनलबाटै बाहिरिनुपर्नेछ ।
बुधबार राति पनि बलियो टीम टोटनहाम र भ्यालेन्सिया प्रिक्वाटर फाइनलबाटै बाहिरिएको थियो । आजै हुने अर्को खेलमा पीएसजीले डर्टमुन्डको सामना गर्दैछ ।
लिभरपुलजस्तै पीएसजी पनि दबावमा छ । पहिले लेगमा पीएसजी डर्टमुन्डसँग २–१ गोल अन्तरले पराजित भएको थियो । त्यसैले पीएसजीलाई पनि स्पष्ट जितको खाँचो छ ।