कला/साहित्य मंगलबार, फागुन २७, २०७६

सनी रौनियारको नयाँ गीत ‘खुल्ला आकाश’ सार्वजनिक

हिमालखबर

सनी रौनियारको नयाँ गीत ‘खुल्ला आकाश’ सार्वजनिक

‘प्रेमपिण्ड’ चलचित्रकी अभिनेत्री सनी रौनियार लामो समय पश्चात पुनः ‘खुल्ला आकाश’ नामक गीत लिएर श्रोता र दर्शकमाझ आएकी छिन् ।

सनीले आजभन्दा लगभग २४ वर्ष अगाडि ‘सनी’ नामक गीति अल्बम लिएर आएकी थिइन् । उक्त अल्बम श्रोताहरूले औधी रुचाएका थिए ।

सोही समयमा सनी चलचित्रहरू, ‘प्रेमपिण्ड’, ‘सडक’, ‘सीता’ र ‘दैवसंजोग’ आदि र केही टेलिभिजनका प्रोजेक्टमा व्यस्त रहेकी थिइन्।

अहिले फेरि सनी नयाँ गीत ‘खुल्ला आकाश’ लिएर आएकी छिन् । ‘खुल्ला आकाश’ को लागि विजय शिवाकोटीले शब्द कोरेका छन् भने वरिष्ठ संगीतकार राजु सिंहले संगीत दिएका छन् ।

गीतका लागि अरेन्जर गोपाल रसाइली रहेका छन् भने किशोर थापाले गीतको मिक्सिङ र मास्टरिङ गरेका छन् ।

सनीको गीत ‘खुल्ला आकाश’ को भिडियोको निर्देशन वरिष्ठ संचारकर्मी र निर्देशक भूषण दाहालले गरेका छन् । छायांकन जीवन रिजालले गरेका छन् । साथै भिडियोको सम्पादन भरत रेग्मीले गरेका छन् ।

दर्शकहरूका लागि गीतको भिडियोलाई ‘ओ एसआर डिजिटल’ को यूट्युब च्यानलबाट अपलोड गरिएको छ ।

प्रतिकृया दिनुहोस