चेल्सीको सहज जित
इंग्लिस प्रिमियर लिगमा इभरटन विरुद्ध चेल्सीले सहजत जित निकालेको छ । आइतबार राति सकिएको खेलमा चेल्सीले ४–० को सहज जित निकालेको हो ।
खेलको १४औं मिनेटमै चेल्सीले अग्रता लिएको थियो । मसुन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । यसको सात मिनेटमै पेड्रोले गोल गर्दै अग्रता दोब्बर बनाए ।
पहिलो हाफ २–० मा सकिएको थियो । दोस्रो होफको ५१औं र ५४औं मिनेटमा लगातार गोल गर्दै चेल्सीले अग्रता फराकिलो बनायो । चेल्सीका लागि ५१औं मिनेटमा विलिएन र ५४औं मिनेटमा ओलिभर गिरोडले गोल गरे ।
इभर्टनले भने सान्त्वना गोल समेत फर्काउन सकेन । जितसँगै चेल्सीले २९ खेलबाट ४८अंक जोडेको छ । चेल्सी तेस्रो स्थानमा रहेको लिस्टर सिटी भन्दा दुई अंकले पछि पर्दै चौंथो स्थानमा रहेको छ।