खेलकुद आइतबार, फागुन २५, २०७६

बराबरीमा रोकियो टोटनहाम

हिमालखबर

बराबरीमा रोकियो टोटनहाम

इंग्लिस प्रिमियर लिगमा बर्नेलीसँग टोटनहामले अंक बाँडेको छ । शनिबार राति सकिएको खेलमा हारबाट बच्दै टोटनहाम अंक बाँड्न सफल भएको हो ।

खेलको शुरुमै बर्नेलीका लागि क्रिस वुडले गोल गर्दै अग्रता दिलाएका थिए । वुडले १३औं मिनेटमै गोल गरे । पहिलो हाफ १–० ले पछाडि परेको टोटनहामले दोस्रो हाफमा पेनाल्टी पायो ।

५०औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै डेले अलीले गोल गरेका थिए । गोलसँगै खेल बराबरीमा आयो । यसपछि दुवै पक्षले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

प्रतिकृया दिनुहोस