खेलकुद आइतबार, फागुन २५, २०७६

मेसीको गोलमा बार्सिलोनाको जित

हिमालखबर

मेसीको गोलमा बार्सिलोनाको जित

स्पेनिस ला लिगामा रियल सोसाइडेड बार्सिलोनासँग पराजित भएको छ । शनिबार राति सकिएको खेलमा बार्सिलोनाका लागि एक मात्र निर्णायक गोल लियोनल मेसीले गरेका थिए ।

संघर्षपूर्ण जित निकाल्न बार्सिलोनाका लागि मेसीले पेनाल्टी गोल गरेका हुन् । पहिलो हाफ गोल रहित सकिएको खेलमा दोस्रो हाफको अन्तिम दश मिनेटसम्म पनि गोल हुन सकेन ।

तर, ८१औं मिनेटमा पाएको पेनाल्टी मार्फत मेसीले गोल गरेका थिए । मेसीको गोल नै निर्णायक हुँदा रियल पराजित भयो । जितसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।

रियल मड्रिड भन्दा एक खेल बढी खेलेको बार्सिलोनाले २७ खेलबाट ५८ अंक जोडेको छ भने मड्रिडले २६ खेलबाट ५६ अंक जोडेको छ ।

प्रतिकृया दिनुहोस