खेलकुद शनिबार, फागुन २४, २०७६

उपाधि जित्न लिभरपुललाई नौ अंक मात्रै आवश्यक

हिमालखबर

उपाधि जित्न लिभरपुललाई नौ अंक मात्रै आवश्यक

इंग्लिस प्रिमियर लिगमा लिड लिडर लिभरपुललाई उपाधि जित्न नौ अंक मात्रै आवश्यक रहेको छ । आइतबार बर्नमाउथलाई पराजित गर्दै लिभरपुल उपाधि अंक नजिक पुगेको हो ।

लिभरपुलसँग बर्नमाउथ २–१ गोल अन्तरले पराजित भयो । पहिलो गोल गर्दै बर्नमाउथले अग्रता लिएको थियो । बर्नमाउथका लागि कलम विल्सनले नवौं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, अग्रता जोगाउन नसक्दा बर्नमाउथ पराजित भयो । २५औं मिनेटमै मोहम्मद सलाहले गोल गरे । यसको ८ मिनेटपछि साडियो मानेले गोल गरेपछि लिभरपुलले अग्रता लियो । यसपछि गोल हुन नसक्दा लिभरपुल विजयी भयो ।

जितसँगै, लिभरपुलले २९ खेलबाट ८२ अंक जोडेको छ । दोस्रो स्थानमा म्यानचेस्टर सिटीले भने २७ खेलबाट ५७ अंक मात्रै जोडेको छ ।

प्रतिकृया दिनुहोस