कला/साहित्य शनिबार, फागुन २४, २०७६

सबिन राईको कन्सर्ट सहित ‘टुबोर्ग ललितपुर ट्याटु कन्भेन्सन’ सम्पन्न

हिमालखबर

सबिन राईको कन्सर्ट सहित ‘टुबोर्ग ललितपुर ट्याटु कन्भेन्सन’ सम्पन्न

नेवार, तामाङ, थारू आदि समुदायमा ट्याटु खोप्नुलाई संस्कृतिका रूपमा अनुसरण गरिन्छ । संस्कृतिका रूपमा हुर्केको ट्याटु अहिले युवा पुस्ता माझ फेसनको रुपमा बढ्दो छ।

द मेलोडियस अर्ट एण्ड इन्क कम्पनी खोली तीन वर्षदेखि ट्याटु कलामा लागेकी सविता श्रेष्ठ (२०) कन्भेन्सनमा ट्याटु प्रेमीसँग साक्षात्कार गर्न पाएकोमा खुशी देखिइन्।

पहिले हातमा ट्याटु बनाएकी मन्जु शाक्य अहिले छातीमा जापानी फूल खोप्दै गर्दा भेटिइन् । कन्भेन्सनमा ट्याटु खोपाउने रहले आइपुगेको उनले बताइन् ।

ट्याटु प्रेमी युवाहरूलाई लक्षित गरी रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्मेन्टले संयुक्त रूपमा आयोजना गरेको दुई दिने ‘टुबोर्ग ललितपुर ट्याटु कन्भेन्सन’ सम्पन्न भएको छ । कार्यक्रममा ५५ जनाले ट्याटु खोपाएको र करीब दुई सय जनाले पछि ट्याटु खोपाउन बुकिङ गरेको बताइएको छ ।

नखिपोट, बास्केट बल कोर्ट, ललितपुरमा सम्पन्न कार्यक्रमको उद्देश्य ललितपुरका ट्याटु कलाकारहरूलाई अवसर प्रदान गरेर ट्याटु कलाको प्रवद्र्धन गर्नु र ट्याटु कलाको महत्वबारे बुझाउने पनि रहेको कार्यक्रम संयोजक पुनम थापा सारुले बताइन्। कार्यक्रममा ललितपुरका स्थानीय ट्याटु कलाकारहरूले भाग लिएका थिए।

कार्यक्रममा यामन ब्याण्ड, दि मेमोरिया र आरक्षले शुक्रबार साङ्गीतिक प्रस्तुति दिएका थिए भने शनिबार सविन राई र फारो, नेपाली भ्लगर चेतनराज कार्की साथै लास्ट मिनेटले आ–आफ्नो प्रस्तुति दिएका थिए।

- बिष्णुकान्त घिमिरे

प्रतिकृया दिनुहोस