काठमाडौं वर्ल्ड स्कूल र स्कूल बाई अटोम्याटिक्सबीच सहकार्य
काठमाडौं वर्ल्ड स्कूल र विद्यालयलाई शैक्षिक सामग्री तथा यातायातको व्यवस्थापन मिलाउने एप स्कूल बाई अटोम्याटिक्सबीच सहकार्य भएको छ ।
स्कूल, कलेज तथा विभिन्न शैक्षिक संस्थाहरूको बसलगायत अन्य यातायात व्यवस्थापनमा सहजता दिने गरी बनाइएको भेइकल ट्याकिङको एप हो स्कूल बाई अटोम्याटिक्स ।
एपको प्रयोग गरेर अभिभावकले आफ्ना नानीबावु कहाँ आइपुगे र कहाँ छन भनेर वास्तविक समय थाहा पाउने गरी सिप्रदी ट्रेडिङले यो एप बनाएको न्यु टेक्नोलोजी सेल्सका उप प्रवन्धक रमेश थपाले जानकारी दिए ।
सोही एपको प्रयोग गर्ने गरी सिजी होल्डिङ्स चौधरी ग्रुप अन्तर्गत सूर्यविनायक गुन्डुस्थित काठमाडौं वर्ल्ड स्कूलसँग सहकार्य भएको थापाले बताए ।
यसका लागि विद्यायलले एक कार्यक्रमको आयोजना गरेरै एप र स्कूलबीच सहकार्यको घोषणा गरिएको हो । कार्यक्रममा काठमाडौं वर्ल्ड स्कूलका अध्यक्ष इन्जिनियर मिथिलेश कुमार झा, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेशप्रसाद गिरी, प्रिन्सिपल राजीव क्षेत्री र पूर्व ट्राफिक ईन्स्पेक्टर सिताराम हाछेथुसहितका प्रतिनिधिको उपस्थिति थियो ।
कार्यक्रममा काठमाडौं वर्ल्ड स्कूलका प्रिन्सिपल क्षेत्रीले सम्पूर्ण स्कूलमा अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम समावेश गर्दैै विश्वास्तरीय पूर्वाधारमा जोड दिन थालेको बताए ।
उनले भने ‘यो स्कूल नेपालको उच्चस्तरीय शिक्षण संस्था हो यसले अभिभावक तथा बाल बालिकाको दैनिक जीवनमा सहजता ल्याउन सहयोग गरेको छ । स्कूलका गतिविधिलाई थप प्रभावकारी बनाउन स्कूल बाई अटोम्याटिक्ससँग सहकार्य भएको हो ।’
एपको प्रयोगबाट स्कूल र अभिभावकलाई मात्र नभएर ट्राफिक ब्यवस्थापन तथा सडक सुरक्षामा पनि सहयोग पुग्ने उल्लेख गरिएको छ । कार्यक्रममा पूर्व ईन्स्पेक्टर सिताराम हाछेथुले विद्यालय र एपबीचको सहकार्यलाई सकारात्मक कामको संज्ञा दिए