खेलकुद बुधबार, फागुन २१, २०७६

थाइल्याण्ड विरुद्ध नेपालको शानदार जित

हिमालखबर

थाइल्याण्ड विरुद्ध नेपालको शानदार जित

एसीसी इस्टर्न टी–२० क्रिकेटमा थाइल्याण्ड विरुद्ध नेपालले शानदार जित निकालेको छ ।

६७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका लागि कुशल मल्ल र पवन सर्राफले विस्फोटक ब्याटिङ गर्दै ५‍.३ ओभरमा नौ विकेटकाे जित निकाले । ओपनिङमा आएका कुशलले अविजित रहँदै १८ बलमा ३६ रन जोडे । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।

कुशलसँग राम्रो साझेदारी गरेका पवन सर्राफले पनि विस्फोटक ब्याटिङ गरे । उनले दश बलमा तीन छक्का र दुई चौका प्रहार गरे । पारस खड्का भने पाँच बल खर्चिदै १० रन जोडेर आउट भएका थिए ।

टस जितेर फिल्डिङ रोजेको थाइल्याण्डले अलआउट हुँदै ६६ रन जोडेको थियो । नेपालका लागि करण केसीले तीन, अविनास बोहोराले दुई, सन्दीप लामिछानेले एक र भुवन कार्कीले एक विकेट लिए ।

नेपालको राष्ट्रिय टीममा भुवन कार्कीले भने शानदार डेब्यू गरेका छन् । थाइल्याण्ड विरुद्ध डेब्यू गरेका उनले पूरा चार ओभर बलिङ गर्दै ६ रन खर्चिएर एक विकेट लिएका छन् ।

 

प्रतिकृया दिनुहोस