ब्याङ्कर श्रेष्ठलाई कोरियामा अवार्ड
मेगा ब्याङ्ककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले कोरियामा अवार्ड प्राप्त गरेकी छन् । उनलाई एशिया मेडिकल एस्थेटिक कंग्रेसको अवसरमा एशिया टप ब्राण्ड मास्टर ग्राण्ड अवार्ड प्रदान गरिएको हो ।
ब्याङ्कर श्रेष्ठलाई आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा विशेष योगदान पुराएकाले अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । अवार्डले आर्थिक तथा सामाजिक क्षेत्रमा थप सक्रिय रहन प्रोत्साहन मिलेको श्रेष्ठले बताईन् ।