ग्लोबल आईएमईको कैलालीमा ब्यांकिङ साक्षरता कार्यक्रम
ग्लोबल आईएमई ब्यांकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली, टीकापुरको वीरेन्द्र विद्यामन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
क्याम्पसमा अध्ययनरत विद्यार्थी, शिक्षक–कर्मचारीलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करीब १०० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा निक्षेप, कर्जा लगानी र यसको सदुपयोग, आधुनिक ब्यांकिङ, डिजिटल ब्यांकिङ तथा मोवाइल ब्यांकिङ र रेमिट्यान्स कारोबार सम्बन्धी जानकारी दिइएको थियो।
वीरेन्द्र विद्यामन्दिर क्याम्पसका क्याम्पस प्रमुख हर्क भण्डारी र ब्यांकको टीकापुर शाखाका शाखा प्रमुख प्रकाशदत्त भट्टको कार्यक्रममा उपस्थिति रहेको थियो।