कुमारीको २२औं शाखा रहित सेवा लिम्घामा
कुमारी ब्यांक लिमिटेडले सत्यवती–०४, लिम्घा, गुल्मीमा आफ्नो २२औं शाखा रहित ब्यांकिङ सेवा शुरु गरेको छ ।
सत्यवती गाउँ पालिकाका अध्यक्ष परिश्वर ढकाल तथा ब्यांक संचालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवालीले संयुक्तरुपमा एक समारोह बीच शाखा रहित ब्यांकिङ सेवा उद्घाटन गरे ।
उक्त कार्यक्रममा ब्यांकका डेपुटी सीईओ उमेश सिंह भण्डारी, भिमलाल पौडेल, चेम्बर अफ कमर्स–प्रदेश–५ का इन्चाजर्, अन्य अधिकारी तथा स्थानीय एवं व्यावसायिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।