ग्लोबल आइएमई ब्यांकले ल्यायाे टपअप मुद्दती निक्षेप योजना
ग्लोबल आइएमई ब्यांक लिमिटेडले निक्षेपकर्तालाई नियमित बचत गर्न प्रोत्साहित गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । यो योजनामा न्यूनतम रु. दश हजारमा सहभागी हुन सकिनेछ ।
व्यक्तिगत निक्षेपकर्ताले ६ महिनादेखि ६० महिनाको अवधि छनौट गरी वार्षिक ९.७५ प्रतिशतसम्म व्याज प्रदान गर्ने ब्यांकले जनाएको छ ।
यस योजनामा निक्षेपकर्ताले इन्टरनेट ब्यांकिङ वा मोबाइल ब्यांकिङ्ग मार्फत रकम ट्रान्सफर गरी उक्त समयाभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधा समेत दिइएको छ ।