कोका–कोलाको नयाँ क्याम्पेन ‘दिउँसै झप्–झप्, कोकले अप’
कोका–कोला नेपालले बदलिदो मौसमसँगै नयाँ क्याम्पेन बजारमा ल्याएको छ । कोका–कोलाले ‘दिउँसै झप्–झप्, कोकले अप’ नयाँ क्याम्पेन ल्याएको हो ।
कोका–कोलाले अभिनेत्री स्वस्तिमा खड्का र गायक नितेश जङ्ग कुँवर अभिनित टिभिसी समेत सार्वजनिक गरेको छ । कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले नयाँ क्याम्पेन मार्फत उपभोक्तालाई कोक खाएर आफ्नो दिउँसोलाई अपलिफ्ट गर्न प्रत्सोहान गर्ने विश्वास लिएका छन् ।
बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले नयाँ क्याम्पेनको अर्थ कोका–कोला खाएर दिउँसोको झप् झप्लाई भगाउँदै रिफ्रेस हुन अपिल गरेको बताए ।