खेलकुद मंगलबार, फागुन २०, २०७६

सिंगापुर विरुद्ध २४० रनको लक्ष्य पछ्याउँदै मलेसिया

हिमालखबर

सिंगापुर विरुद्ध २४० रनको लक्ष्य पछ्याउँदै मलेसिया

एसीसी इस्टर्न टी–२० क्रिकेटमा सिंगापुरले २४० रनको फराकिलो लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको सिंगापुरले तीन विकेटको क्षतिमा २३९ रन जोडेको हो । सिंगापुरका लागि अविजित रहँदै टिमोथी डेभिडले बिस्फोटक ब्याटिङ गरेका थिए । उनले ३२ बलमा सात छक्का र नौ चौका प्रहार गर्दै ९२ रन जोडे ।

सिंगापुरका सिद्धान्तले ७७, सुरेन्द्रन चन्द्रमोहनले ४७ र आर्यमान सुनिलले १६ रन जोडे । सिंगापुरका सवै ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेको हो ।

प्रतिकृया दिनुहोस