खेलकुद सोमबार, फागुन १९, २०७६

चर्चित एल क्लासिको भिडन्तमा रियल मड्रिडसँग बार्सिलोना स्तब्ध

हिमालखबर

चर्चित एल क्लासिको भिडन्तमा रियल मड्रिडसँग बार्सिलोना स्तब्ध

स्पेनिस ला लिगाको चर्चित एल क्लासिको भिडन्तमा बार्सिलोना रियल मड्रिडसँग स्तब्ध बनेको छ ।

आइतबार राति सकिएको खेलमा बार्सिलोना २–० गोल अन्तरले पराजित भयो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा रियलले दुई गोल गर्यो ।

रियलका लागि भिनिसियस जुनियर र मेरियानो डियाले एक–एक गोल गरे । भिनिसियसले ७१औं मिनेटमा गोल गरेका थिए । यो गोलसँगै रियलले अग्रता बनाएको थियो ।

निर्धारित समय सकिएपछि थपिएको अतिरिक्त समयमा फेरि मेरियानोले गोल गर्दै रियललाई जित दिलाए । जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ । २६ खेलबाट ५५ अंक जोडेको बार्सिलोना भने दोस्रो स्थानमा झरेको छ ।

खेलमा बार्सिलोना केही बढी हाबी भए पनि गोल गर्न भने सकेन । समान २६ खेलबाट रियलले एक अंक बढी जोडेको छ ।

प्रतिकृया दिनुहोस