खेलकुद आइतबार, फागुन १८, २०७६

युनाइटेड बराबरीमा, टोटनहाम पराजित

हिमालखबर

युनाइटेड बराबरीमा, टोटनहाम पराजित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड इभरटर्नसँग बराबरी खेलेको छ । युनाइटेड विरुद्ध इभरटर्नले खेलको तेस्रो मिनेटमै गोल अग्रता लिएको थियो ।

डोमिनिक कलभर्ट लेविनले तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर, युनाइटेडका ब्रुनो फेर्नान्डोजले गोल गर्दै बराबरी गरेका थिए ।

यसपछि दुवै टीमबाट गोल हुन नसक्दा अंक बाँडिएको छ । अर्को खेलमा वल्भसँग टोटन हाम पराजित भएको छ ।

प्रतिश्पर्धात्मक देखिएको खेलमा टोटनहाम २–३ ले पराजित भएको हो । खेलको १३औं मिनेटमै स्टेभेनले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए । तर, २७औं मिनेटमा मेट्टा डोहेर्टीले गोल गर्दै बराबरी गरे । ४५औं मिनेटमा सर्जियोको गोलमा टोटनहामले दुई–एकको अग्रता बनायो ।

तर, दोस्रो हाफमा लगातार दुई गोल गर्दै वल्भसले जित निकाल्यो ।

प्रतिकृया दिनुहोस