खेलकुद आइतबार, फागुन १८, २०७६

नेपाल हङकङसँग पनि पराजित

हिमालखबर

नेपाल हङकङसँग पनि पराजित

एसीसी इस्टर्न रिजन टी–२० मा नेपाल हङकङसँग पनि पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङ गर्दै हङकङले नेपाललाई १५५ रनको चुनौती दिएको थियो । तर, १८.१ ओभरमा नेपाल १११ रनमै अलआउट हुन पुग्यो । मलेसियासँग २२ रनले पराजित भएको नेपाल हङकङ ४३ रनले पराजित भयो ।

६ विकेट गुमाउँदै हङकङले १५४ रन बनाएको थियो । उसका लागि ओपनर निजाकात खानले सर्वाधिक ४८ बन बनाए । कप्तान अइजज खान २८, हारुन अर्सद २७, साहिद वासिफ २६ र जेमी एटकिनसन १७ रनमा आउट भए ।

नेपालका लागि सन्दीप लामिछाने र सुशान भारीले समान दुई–दुई विकेट लिए भने कुशल मल्लले एक विकेट लिएका थिए । पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस