समाचार शुक्रबार, फागुन १६, २०७६

गोकुल बाँस्कोटाद्वारा एजेन्ट विजयप्रकाश मिश्रविरुद्ध मुद्दा

हिमालखबर

गोकुल बाँस्कोटाद्वारा एजेन्ट विजयप्रकाश मिश्रविरुद्ध मुद्दा
बाँस्काेटा र मिश्र

सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा लागत बढाएर त्यसको ७० प्रतिशत कमिशनमा मोलमोलाइ गरेको अडियो बाहिरिएपछि विवादमा आएका पूर्व संचारमन्त्री गोकुल बाँस्कोटा न्याय माग्न भन्दै काठमाडौं जिल्ला अदालत पुगेका छन्।

पूर्व मन्त्री बाँस्कोटाले वारेस मार्फत शुक्रबार कमिशन मागेको अडियो बाहिर ल्याउने विजयप्रकाश मिश्र विरुद्ध गाली बेइज्जती मु्द्दा दर्ता गरेका हुन्।

बाँस्कोटाले अडियो सार्वजनिक भएपछि ८ फागुनमा पदबाट राजीनामा दिएका थिए।

 

प्रतिकृया दिनुहोस