पत्ता लाग्यो ‘बिग ब्याङ्ग’पछिकै ठूलो विस्फोट
अन्तरिक्षमा अहिलेसम्मकै विशाल विस्फोटको प्रमाण पत्ता लागेको छ ।
वैज्ञानिकहरूका अनुसार, यो विस्फोट अहिलेसम्म पत्ता लागेका विस्फोटभन्दा पाँच गुणा ठूलो हो ।
अध्ययनबाट पृथ्वीबाट ३९ करोड प्रकाश वर्ष टाढा भएको सो विस्फोटले ओफिउकस ग्यालेक्सी समूहमा ठूलो भ्याङ पारेको पनि देखिएको छ ।
द एस्ट्रोफिजिकल जर्नलमा प्रकाशित यससम्बन्धी अध्ययनमा पृथ्वीबाट टेलिस्कोपको सहायताले अन्तरिक्षमा खोक्रो भित्ताजस्तो स्थान देखिएको थियो । खाडलजस्तो त्यो स्थान हाम्रो आकाशगंगा ग्लोक्सीभन्दा १५ गुणा ठूलो थियो ।
पछिल्लो निष्कर्ष अस्ट्रेलियाको मर्चिनस वाइडफिल्ड एर्रे र भारतको जाएन्ट मिटरवेभ रेडियोे टेलिस्कोपबाट प्राप्त जानकारीका आधारमा निकालिएको हो ।
“यो विस्फोट झण्डैझण्डै सन् १९८० मा अमेरिकाको माउन्ट सेन्ट हेलेन्समा गएको ज्यालामुखी जत्तिकै शक्तिशाली देखिन्छ”, आलेखकी मुख्य लेखिका नाभाल रिसर्च ल्याबोरोटोरीकी वैज्ञानिक सिमोना जियासुन्टुकी भन्छिन् । –एजेन्सी