थप समाचार विहीबार, फागुन १५, २०७६

दिल्लीको हिंसात्मक दंगामा ३४ जनाको ज्यान गयो, १ सय ३० जना पक्राउ

हिमालखबर

दिल्लीको हिंसात्मक दंगामा ३४ जनाको ज्यान गयो,  १  सय ३० जना पक्राउ

उत्तर पूर्वी दिल्लीमा गएको आइतबारदेखि सुरु हिंसात्मक आन्दोलनमा परेर ३४ जनाको ज्यान गएको छ भने दुई सय बढी घाइते भएका छन् । दंगा सुरु भएको चौथो दिन पुलिसले करिब १३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

व्हाट्सएपको प्रयोग गरेर दंगा भडकाएको आरोपमा उत्तर प्रदेशमा रहेका व्यक्तिहरूको खोजी गरिरहेको रहेको र त्यसका लागि आरोपीतका ५० भन्दा बढी मोबाइल फोन प्रहरीले कब्जामा लिएको जनाएको छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले बिहिबार हिंसाका घटनाहरू कम भएको भारतीय र परिस्थिति नियन्त्रणमा रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस