समाचार विहीबार, फागुन १५, २०७६

वडाध्यक्षसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा 

हिमालखबर

डुङ्गेश्वर गाउँपालिका–५ मा रहेको पिपलचौतारा माध्यमिक विद्यालयमा राहत शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा वडाध्यक्ष टेकबहादुर भण्डारीसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

वडाध्यक्ष भण्डारीसहित व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समितिको संयोजक भक्तबहादुर शाही, शिक्षक पदमा छनोट भएका घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकलाई नियन्त्रणमा लिई अनियमितता गरेको पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गएिको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

उनीहरूलाई आयोगले गत ९ माघमा नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।

गत २६ पुसमा गाउँपालिकाले शिक्षक छनोटका लागि संचालन गरेको परीक्षामा वडाध्यक्षको निर्देशनमा परीक्षा संचालन अगाडि नै प्रश्नपत्र बाहिरिएको आरोप लागेको थियो ।

यज्ञराज थापा, दैलेख

प्रतिकृया दिनुहोस